डेंगुको संक्रमण देशभर, डेंगुका बिरामीको चाप बढ्दो : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

डेंगुको संक्रमण देशभर, डेंगुका बिरामीको चाप बढ्दो

मेरो आर्थिक मेरो आर्थिक असाेज ८ गते २०८१

पछिल्लो एक हप्तादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा डेंगुका बिरामीको चाप बढ्दो छ । आइतबार मात्रै आकस्मिक कक्षमा १७ जना डेंगुका बिरामी भर्ना भए ।

टेकु अस्पतालको तथ्यांक अनुसार असोज १ गते– ११, २ गते –३ , ३ गते –२३, ४ गते –२८, ५ गते – १९ र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भए । जबकी साउन ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगुका संक्रमित भर्ना भएका थिए ।

डेंगुको संक्रमण देशभर फैलिएको छ । अस्पताल पुगेका बिरामीको संख्या मात्र हेर्दा गत पुसदेखि हालसम्म ११ हजार ५४५ जनामा डेंगु भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी गण्डकी प्रदेशमा ५ हजार ४८२ जना संक्रमित भएका छन् । कास्की, तनहुँमा संक्रमण फैलिरहेको छ । त्यस्तै बागमती प्रदेशमा भने ३ हजार १७८ जनामा संक्रमण भएको छ ।

उच्च जोखिममा कास्की, तनहुँ, काठमाडौं, पर्वत, चितवन, गोरखा, ललितपुर जिल्ला छन् । पछिल्लो हप्ता पानी पर्न रोकिएसँगै डेंगुका लार्भा सक्रिय हुन थालेका छन् । जसका कारण डेंगु संक्रमण बढ्दो छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?