Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

कुलेखानीको २ वटा ढोका खोलियो, बाँधदेखि तलका बस्तीहरूमा सतर्क रहन आग्रह

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १२ गते २०८१
कुलेखानीको २ वटा ढोका खोलियो, बाँधदेखि तलका बस्तीहरूमा सतर्क रहन आग्रह

मेरो आर्थिक, काठमाडौ । कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ । जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनले आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत मेरो आर्थिकलाई जानकारी दिए ।

कुलेखानी ड्याम भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोकाहरू खोल्नुपर्ने अवस्था सिर्जना भएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएकोले तल्लो तटीय बासिन्दाहरू सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ ।

कुलेखानी जलविद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको ‘ब्याक अप’ आयोजना हो । पानी परेसँगै विद्युत् उत्पादन समेत भइरहेको भट्टले बताएका छन् । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले शुक्रबार नै बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कुलेखानेस्थित इन्द्रसरोवर ताल भरिन लागेकाले आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो । 

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको थियो । 

Add a new comment