Skip to content
logo
पौष १२ गते २०८१ समयः

अध्यक्ष नियुक्तिसँगै आइपिओ आउँदै, कुन-कुन कम्पनीको कति ?

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १२ गते २०८१
अध्यक्ष नियुक्तिसँगै आइपिओ आउँदै, कुन-कुन कम्पनीको कति ?

मन्त्रिपरिषद्ले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्षमा  नियुक्त गरेको छ । विगत ११ महिनादेखि अलपत्र विभिन्न कम्पनीका आईपीओहरु नयाँ अध्यक्षको नियुक्तिले बजारमा फेरि आईपीओको गुल्जार हुने भएको हो  ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ७६ कम्पनीहरु मध्ये  होटल तथा पर्यटन क्षेत्रमा ७ वटा, हाइड्रोपावर क्षेत्रमा ३७ वटा, लगानी क्षेत्रमा ३ वटा, उत्पादन तथा प्रशोधन क्षेत्रमा १५ वटा, लघुवित्त क्षेत्रमा १ वटा, लघुबीमा क्षेत्रमा ३ वटा र अन्य क्षेत्रमा १० वटा गरी कुल ७६ वटा कम्पनी आइपीको प्रतिक्षामा रहेका छन् ।

७६ वटा कम्पनीले ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार ५ सय ९६ रुपैयाँ बराबरको ३३ करोड ३४ लाख ३६ हजार ८३ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छन् । ३ वटा मात्रै कम्पनी रहेको होटल समूहमा अहिले नै ६ वटा कम्पनी पुगिसकेको छ भने सेबोनको आइपीओ पाइपलाइनमा ७ वटा कम्पनी होटल समूहका मात्रै छन् ।

उत्पादन तथा प्रशोधन समूहमा मध्ये सेबोजको  पाइपलाइनमा भने यो क्षेत्रको १५ वटा कम्पनीले आइपीओ लागि स्वीकृति माग गरेको छ । यो समूहमा १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६ सय ९६ रुपैयाँ बराबरको ९ करोड १६ लाख ७५ हजार ६ सय ८४ कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको छ ।

होटल समुहबाट ७ वटा कम्पनीले ३ करोड ५३ लाख ६० हजार कित्ता ३ अर्ब ३१ करोड १० लाख रुपैयाँको शेयर निष्काशन गर्न निवेदन दिएका छन् ।

हाइड्रोपावर समूहमा ३७ वटा कम्पनीले १५ अर्ब ७३ करोड ९० लाख ४६ हजार ४ सय रुपैयाँ बराबरको १५ करोड ७३ लाख ९० हजार ४ सय ६४ कित्ता शेयर निष्काशनको लागि निवेदन परेको छ ।

साथै  लगानी समूहतर्फ ३ वटा कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ७३ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न आवेदन दिएका छन् ।

लघुवित्ततर्फ स्वस्तिक लघुवित्तले ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ भने माइक्रो इन्स्योरेन्स कम्पनीमध्ये ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति मागेको छ ।

अन्य क्षेत्रमाबाट  १० वटा कम्पनीले ३ अर्ब ३२ करोड २८ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको २ करोड ६५ लाख ६ हजार ४ सय ३५ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेका छन्  ।

नेप्सेमा हालसम्म  नेप्सेमा १९ वटा वाणिज्य बैंक, १६ वटा विकास बैंक, १५ वटा फाइनान्स, ६ वटा होटल तथा पर्यटनका कम्पनी, ९१ हाइड्रोपावर कम्पनी, ७ वटा लगानी कम्पनी, १२ वटा जीवन बीमा कमपनी, १२ वटा निर्जीवन बीमा कम्पनी, ९ वटा उत्पादन तथा प्रशोधनका कम्पनी, ५० वटा माइक्रोफाइनान्स, ६ वटा अन्य क्षेत्र, २ वटा व्यापार क्षेत्र र ३६ वटा म्युचुएल फन्ड गरी २ सय ८१ वटा कम्पनी सूचीकृत रहेका छन् ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले निष्काशन गरेको विभिन्न कम्पनीको ७३ वटा डिबेन्चरहरु समेत नेप्सेमा सूचीकृत छन् ।

Add a new comment