Skip to content
logo
माघ २३ गते २०८१ समयः

बलेफी हाइड्रोपावरको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर २७ गते २०८१
बलेफी हाइड्रोपावरको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले आज (मंसिर २७ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
जस अनुसार। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ । अर्थात् कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ। हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। आयोजना निर्माणका क्रममा लिइएको बैंक ऋण १ अर्ब ४० करोडको आंशिक भुक्तानी गर्ने, प्रबद्र्धकबाट लिएको ऋण ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा पूर्ण भुक्तानी गर्ने, ठेकेदार तथा बिक्रेताहरुको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा पुस १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

Add a new comment