काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना, १३ जना घाइते : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना, १३ जना घाइते

मेरो आर्थिक मेरो आर्थिक वैशाख ११ गते २०८२

काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

घोडाघोडी नगरपालिका–२ स्थित सडक खण्डमा बिहीबार बिहान सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका १३ जनाको स्थानीय निशर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।