स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एकको मृत्यु


स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही दिशातर्फ गुडिरहेको एएबी ०२४३ नम्बरको स्कुटर ठोकिएको थियो ।
फेदीखोला गाउँपालिका १ कुभिण्डेमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीय जीतमाया थापाको उपचारको क्रममा मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।