वैशाख १२ गते २०८३ --:--:--
मेनु

मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८२ ४:०७ PM
मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले बजेटमाथिको छलफलमा भाग लिदै बजेटले युवाविहिन बनाउने भए यसको औचित्य नहुने टिप्पणी गरेका हुन् ।

उनले भने- ‘युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन् । बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दु:ख पाएको छ । युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ? हामी युवाविहीन हुँदैछौँ । सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ । मृत्यु भयो भने लास लैजान मान्छे छैन।’

सांसद भण्डारीले नेताहरूले भाषण मात्रै गरेको आरोप लगाउदै भाषण गरेर मात्रै देश नबन्ने बताए। 

उनले भने- ‘भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ? मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ।’

उनले देश बनाउन सकिने भए पनि देशमा बेथिति बढेको र राजनीतिक नेतृत्व सहि नभएको बताए । उनले बजेटमा विनियोजन गरिएको रकम सहि ठाउमा नरहेको बताउदै काम गर्न नसके राजीनामा दिन आग्रह गरे ।

सांसद भण्डारीले विश्वमा विकासको प्रतिष्पर्धा भएपनि हाम्रो देशमा भने गरिवी बढाउने प्रतिष्पर्धा बढेको टिप्पणी गरे । एभरेष्ट न्यूज एजेन्सी,

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?