काठमाडौँ । भारतले इरानमा रहेका नेपाल र श्रीलंकाका नागरिकको उद्धार गर्ने भएको छ ।
इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी नेपाल र श्रीलंकाका नागरिकहरूलाई इरानबाट निकाल्न पनि मद्दत गर्ने जानकारी दिएको हो ।
इरानस्थित भारतीय दूतावासले भनेको छ- ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा, अब भारतीय दूतावासले इरानमा फसेका नेपाल र श्रीलंकाका नागरिकहरूलाई निकाल्न पनि मद्दत गर्नेछ ।’
भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ । यसबाहेक, भारतीय दूतावासले नेपाली र श्रीलंकाली नागरिकहरूलाई मद्दत गर्न टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू (+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९) पनि जारी गरेको छ ।
एभरेष्ट न्यूज एजेन्सी













