वैशाख १५ गते २०८३ --:--:--
मेनु

आज असार १५ : धान दिवस मनाइदै

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२ ७:३० AM
आज असार १५ : धान दिवस मनाइदै
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा मलङ्गवा–२ स्थित ओरेक नेपालको सहयोगमा गरिँदै आएको सामुहिक खेती स्थलमा धान रोपाइँ गर्दै स्थानीय । तस्बिर ः विश्वनाथ ठाकुर/रासस

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

यसै सन्दर्भमा यस वर्ष धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरताु भन्ने नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाउन लागिएको छ ।

जलवायु परिवर्तनको कारण विश्वव्यापी रुपमा बढ्दो नकरात्मक असरलाई न्यूनिकरण गर्दै धान बालीमा जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरु सचेत र जागरुक बनाई सघन धान खेती (वर्षे र चैते) मार्फत उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने र देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको कृषि मन्त्रालयलले जनाएको छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?