वैशाख १५ गते २०८३ --:--:--
मेनु

प्रतिनिधि सभामा कांग्रेस र रास्वपाबीच आरोप प्रत्यारोप

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२ ३:३२ PM
प्रतिनिधि सभामा कांग्रेस र रास्वपाबीच आरोप प्रत्यारोप
sf7df8f}F, !@ r}tM k|ltlglw;ef a}7sdf ;f+;b vltj8f k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7ssf] ;'?df g} ;do lnP/ wf/0ff /fVb} ;f+;b /fdxl/ vltj8f . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीबीच आरोप प्रत्यारोप भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच आरोप प्रत्यारोप भएको हो । 

रास्वपाका कार्यवाहक सभापति समेत रहेका अर्यालले ‘चोर’ शब्द प्रयोग गरेका थिए । शनिबारको बैठकमा रामहरी खतिवडाले सुमिरे ट्राभल एजेन्सीले भिजिट भिसामा मानिस बाहिर पठाउने गरेको आरोप लगाउदै छानबिनको माग गरेका थिए । 

खतिवडाले उठाएका प्रश्नको जवाफ दिदै अर्यालले आफूमाथि निराधार आरोप लगाइएको, सुमिरे ट्राभल एजेन्सी आफ्नै भएको र आफुले काम गरेर खाइरहेको तथा काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिनुपरेको बताएका थिए । 

साथै अर्यालले खतिवडालाई इंगित गर्दै मन्त्रीको पिए हुदा सरकारी कागज किर्ते गरेर मानिस विदेश पठाएको र जेल बसेका व्यक्ति अहिले संसद रहेको बताएका थिए । 

अर्यालको आरोप पछि कांग्रेस सांसद खतिवडाले अर्यालको अभियक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । उनले आफुले कसैको नाम नलिएर अनियमितता भएको विषय छानबिन गर्नुपर्छ मात्र भनेको बताए ।

त्यसपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विशेष समयमा रास्वपाका संसादहरुले दुरुपयोग गरेको आरोप लगाउदै यसलाई नरोकिए अब आफुहरु पनि प्रतिवादमा उत्रिने चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?