मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-१२ बस्ने २९ वर्षीय पवन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पीडितलाई विभिन्न प्रलोभन देखाई वीरगंज महानगरपालिका-१५ भिष्वास्थित विभिन्न होटल तथा लजहरूमा बेश्यावृत्ति गराई बेश्यावृत्तिमा लगाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?