विद्यादेवी भण्डारीले सुरक्षाबाहेक अन्य सुबिधा नलिने : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

विद्यादेवी भण्डारीले सुरक्षाबाहेक अन्य सुबिधा नलिने

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौँ । नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका लागि सरकारले उपलब्ध गराउदै आएको सुबिधा नलिने भएकी छन् ।

भण्डारीले पूर्वराष्ट्र प्रमुखका लागि सरकारले दिदै आएको सुरक्षाबाहेक कुनै पनि सेवासुविधा नलिने व्यहोराको पत्र गृहमन्त्रालयमा पठाएकी हुन् ।

पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने उल्लेख छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन् ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् । उनको कार्यकाल २०७९ फागुन २९ गते नयाँ राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेलले शपथ लिएसँगै सकिएको थियो । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

हाल सातामा चर्चित पोस्ट फेला परेन।