वैशाख १५ गते २०८३ --:--:--
मेनु

प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८२ ७:३५ AM
प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

आज बिहान ९ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।  त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूबाट प्रस्तुतिकरण र छलफल हुने कार्यसूची रहेको छ । 

त्यसैगरी बिहान ११ बजेदेखि हुने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफलको कार्यतालिका रहेको समितिले जानकारी दिएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?