वैशाख १५ गते २०८३ --:--:--
मेनु

सञ्चालनमा आयो विनयी खोलाको पुल

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८२ १:३७ PM
सञ्चालनमा आयो विनयी खोलाको पुल

नवलपरासी । नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल सञ्चालनमा आएको छ ।

नारायणघाट-बुटवल सडक योजनाले नयाँ पुलको कालोपत्रे सम्पन्न भएको बिहीबारदेखि सञ्चालनमा आएको जानकारी दिएको हो ।

गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो । पछिल्ला दिनमा आएको बाढीले डाइभर्सन पनि बगाएपछि सडक अवरुद्ध रहेको थियो । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?