दोलखा । दोलखाको विगु गाउँपालिका-१ तामाकोसी नदीको सहायक गोगर खोलामा लेदोसहितको भीषण बाढी आएको छ ।
बिहिबार दिउँसो त्यस क्षेत्रमा परेको वर्षापछि गोगर खोलामा बाढी आएको हो । बाढीका कारण तामाकोसी नदीको बहाव अत्याधिक बढेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।













