वैशाख १५ गते २०८३ --:--:--
मेनु

स्रोत नखुलेको रकमसहित सप्तरीबाट एक जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८२ १०:२२ PM
स्रोत नखुलेको रकमसहित सप्तरीबाट एक जना पक्राउ

सप्तरी । सप्तरी, बलान बिहुल गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ र मोबाइल १ थान सहित सिराहा भगवानपुर गाउँपालिका-४ ठारी बस्ने ५८ वर्षीय जगदिश यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको म.प्र-०१-००४ प ७९८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?