वैशाख १५ गते २०८३ --:--:--
मेनु

त्रिशुली नदी किनारमा भेटियो पुरुषको शव

मेरो आर्थिक मेरो आर्थिक असार २६ गते २०८२ ३:२४ PM
त्रिशुली नदी किनारमा भेटियो पुरुषको शव

चितवन ।  चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशुली नदीको किनारामा एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ४५-५० वर्षिय पुरुषको केही अंग नभएको शव रहेको भन्ने खबर पाउनासाथ मनसुजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुङ्गबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ ।

फेला परेका शवको भने पहिचान हुन सकेको छैन । शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?