काठमाडौँ । पिएसजी र चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा पुगेका छन् ।
यस पटक नयाँ फर्म्याटमा खेलाइएको क्लब विश्वकप गत जुन १४ देखि शुरु भएको थियो । फिफाका ६ कन्फेडेरेसनका ३२ क्लबले भाग लिएको क्लब विश्वकपको उपाधिका लागि चेल्सी र पिएसजी भिड्ने भएका छन् । फाइनल खेल आइतबार राति हुदैछ । फाइनल खेल न्यूजर्सीको मेटलाइफ स्टेडियममा हुदैछ ।
क्लब विश्वकपलाई नयाँ उचाईमा पुर्याउन फिफाले एक बिलियन डलर पुरस्कारको रुपमा वितरण गर्दैछ ।
यसैबीच फाइनलमा पुगेका चेल्सी र पिएसजीले सय सय मिलियन डलर भन्दा बढी नगद फिफाबाट पाउने भएका छन् । जसमा पिएसजीले कम्तिमा १०६.९३ मिलियन डलर पाउने छ भने चेल्सीले १०४.६३ मिलियन डलर पाउने छ । दुवै मध्ये उपाधि जित्ने क्लबले थप १० मिलियन डलर पाउने छ ।
त्यस्तै सेमिफाइनलमा पराजित भएका रियल म्याड्रिडले ८२.५२ मिलियन डलर पाउने भएको छ भने ब्राजिलियन क्लब फ्लुमिनेन्सले ६०.८३ मिलियन डलर पाउने भएको छ । त्यस्तै क्वाटरफाइनल खेलेको बायर्न म्युनिखले ५८.२२ मिलियन, बोरुसिया डोर्टमण्डले ५२.३२ मिलियन, म्यानचेस्टर सिटीले ५१.७ मिलियन, माल्मेइरासले ३९. ८३ मिलियन, इन्टर मिलानले ३६.८ मिलियन डलर पाउने भएका छन् ।
त्यसैगरी बेनिफिकाले २९.९, फ्लामेङगोले २७.७ मिलियन, वोटाफोगोले २६.७ मिलियन, युभेन्टसले २६.६ मिलियन, पोर्टोले २४ मिलियन, एटलेटिको म्याड्रिडले २३.७ मिलियन डलर पाउने भएको छ । त्यस्तै इन्टर मियामीले २१.०५ मिलियन, मोन्टेरीले २१.०५ मिलियन, रिभर प्लेटले १८.२१ मिलियन, बोका जुनियर्सले १७.२१ मिलियन, आरबी स्लाजबर्गले १५.८१ मिलियन, मामेलोडी सनडाउन्सले १२.५५ मिलियन, इएस टुनिसले ११.५५ मिलियन, पाउने भएको छ ।
त्यसैगरी एल अहलीले ११.५५ मिलियन, अल ऐनले ११.५५ मिलियन, लास एन्जलसले १०.५५ मिलियन, सिएटल साउन्डर्सले ९.५५ मिलियन, उरावा रेड डायमंड्सले ९.५५ मिलियन, उल्सान एचडीले ९.५५ मिलियन, वायडाडले ९.५५ मिलियन र पचुकाले ९.५५ मिलियन पाउने भएको छ ।
त्यस्तै सबैभन्दा कम अक्ल्याण्ड सिटीले ४.५८ मिलियन डलर पाउने भएको छ ।
फिफाले समुह चरण खेल्ने सबै टिमलाई २ मिलियन र जित्ने क्लबलाई थप एक मिलियन दिएको छ । त्यस्तै राउण्ड १६ खेल्ने क्लबले थप ७.५ मिलियन, क्वाटरफाइनलमा खेल्ने क्लबले थप १३.१२५ मिलियन, सेमिफाइनल खेल्ने क्लबले थप २१ मिलियन, उपविजेता क्लबले थप ३० मिलियन र उपाधि जित्ने क्लबले थप ४० मिलियन पुरस्कार छुट्ट्याएको थियो ।













