फागुन २७ गते २०८२ --:--:--
मेनु

कैलाली कारागारमा कैदीबन्दीहरूबीच कुटाकुट

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८२ ५:५९ AM
कैलाली कारागारमा कैदीबन्दीहरूबीच कुटाकुट

धनगढी । कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप भएको छ । शनिबार दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि कुटपिट भएपछि विवाद भएको हो ।

प्रहरीकाअनुसार कुटपिटमा परेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाक र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।

बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको कारागार प्रशासनले जनाएको छ ।

प्रहरीले कैदीबन्दीहरूबीच समान्य विवाद भएको बताउँदै अहिले साम्य भइसकेको बताएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?