वैशाख १५ गते २०८३ --:--:--
मेनु

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८२ ९:५२ PM
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित पक्राउ

काठमाडौं । बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित नागार्जुन नगरपालिका-१५ कारखाना चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्वीस फ्रान्क र १० हजार ८ सय ७० थाई भाट फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?