वैशाख १५ गते २०८३ --:--:--
मेनु

अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

मेरो आर्थिक मेरो आर्थिक असार ३० गते २०८२ ७:५४ AM
अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ वडाको सिमाना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

आइतबार साँझ साढे ६ बजेदेखि आएको लेदो रातभर हटाएर बिहान ६ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल ध्वाजूले जानकारी दिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?