वैशाख १२ गते २०८३ --:--:--
मेनु

विपक्षीको बहिष्कारका बिच मधेश प्रदेशको बजेट पारित

मेरो आर्थिक मेरो आर्थिक असार ३० गते २०८२ ८:५१ PM
विपक्षीको बहिष्कारका बिच मधेश प्रदेशको बजेट पारित

जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेट पारित भएको छ । सोमबार विपक्षी दलको बहिष्कार गएको प्रदेश सभाको बैठकले मधेश प्रदेशसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको बजेट पारित गरेको हो । 

विगत ६ दिनदेखि लगातार विपक्षी दलका सांसदले विरोध गर्दै संसद् अवरुद्ध गर्दै आएका थिए। सभामुख रामचन्द्र मण्डलले पटक–पटक सत्ता र प्रतिपक्ष दलबीच सहमति जुटाउन प्रयास गरेपनि असफल भएपछि फाष्ट्रयाकबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित गरिएको छ ।   

प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले बैठक बहिष्कार गरेका हुन् । यसअघि प्रतिपक्षी दलबिना बजेट माथिको छलफल भएको थियो । सरकारले प्रदेश सभामा प्रस्तुत गरेको रेडबुक, सांसदलाई वितरण गरेको रेडबुक र सूचना प्रणालीमा लक भएको रेडबुकमा फरक देखिएको सांसदहरुले आरोप लगाएका छन् । 

सरकारले ४६१ पृष्ठको रेडबुक संसद्मा प्रस्तुत गरेर सांसदलाई वितरण गरेको थियो तर, सूचना प्रणालीमा ७५५ पृष्ठको रेडबुक भएको पाइएको छ । अर्थमन्त्री सुनिल कुमार यादवले ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट पेश गरेका थिए । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?