हेटौडा । मकवानपुरको भिमफेदि- ८ भर्यातङडाँडा स्थित कान्तिलोकपथ सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।
गएराती भिमफेदिको भर्यातङडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा पहिरो झरी सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक खुलाउने प्रयास भइरहेकाले हालका लागि वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।













