वैशाख १५ गते २०८३ --:--:--
मेनु

सिरहाबाट ७१७ केजी गाँजा बरामद

मेरो आर्थिक मेरो आर्थिक श्रावण २ गते २०८२ ५:०४ PM
सिरहाबाट ७१७ केजी गाँजा बरामद

सिरहा । सिरहाको सुखिपुर–४ स्थित पोखरीयाबाट साउन २ गते करीव ७१७ केजी गाँजा बरामद भएको छ । सोही ठाउँमा रहेको एक घरको विभिन्न कोठामा लुकाई छिपाई राखेको २७ वटा पोकामा प्लाष्टिक र बोरामा राखिएको अवस्थामा सो गाँजा फेला परेको हो ।

सो स्थानमा  गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सुखिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक अनिल कुमार यादवको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?