वैशाख १५ गते २०८३ --:--:--
मेनु

दीपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राख्न अदालतको अनुपति

मेरो आर्थिक मेरो आर्थिक श्रावण ५ गते २०८२ ८:३० PM
दीपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राख्न अदालतको अनुपति

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राख्न अदालतले अनुपति दिएको छ ।

सोमबार नै पक्राउ परेका अग्रवाललाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । अग्रवाललाई ठगी र विश्वासघात आरोपमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गरेको आरोप छ । 

अग्रवालको सेयर कारोबार बारे धितोपत्र बोर्डमा समेत उजुरी परेको बताइएको छ । उनले धेरै टिएमएस खाता संचालन गरिरहेको विषयमा बोर्डले अनुन्सधान गरिरहेको बुझिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?