माघ २२ गते २०८२ --:--:--
मेनु

मौसम पूर्वानुमान महाशाखाका अनुसार कस्तो छ आजको मौसम

मेरो आर्थिक मेरो आर्थिक श्रावण २५ गते २०८२ ६:२१ AM
मौसम पूर्वानुमान महाशाखाका अनुसार कस्तो छ आजको मौसम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।

हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू(भागका केही र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा मनसुनको समय भएकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?