चैत्र ३० गते २०८२ --:--:--
मेनु

लिपुलेक बारे भारत र चीनबीचको सहमतिको विरोधमा भारतीय दुताबास अगाडी प्रदर्शन

मेरो आर्थिक मेरो आर्थिक भाद्र ६ गते २०८२ ८:२३ AM
लिपुलेक बारे भारत र चीनबीचको सहमतिको विरोधमा भारतीय दुताबास अगाडी प्रदर्शन

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिको विरोध गर्दै काठमाडौँस्थित भारतीय दुताबास अगाडी प्रदर्शन गरेको छ ।

विहिबार अनेरास्ववियुले लैनचौरस्थित अस्कल क्याम्पस अगाडि मसाल जुलुस निकालेको थियो भने त्यसअघि भारतीय दूतावासअगाडि प्रदर्शन समेत गरेका थिए ।

नेपालको भूमि लिपुलेकबाट भारत र चीनले दुई पक्षीय व्यापार गर्ने सहमति गरेपनि यस विषयमा दुवै देशले नेपाललाई कुनै जानकारी दिएका छैनन् । लिपुलेक नेपालको भएको र नेपालको नक्शामा समावेश गरिएको विषय भारतका साथै चीनलाई स्पष्ट रुपमा जानकारी भएको अवस्थामा नयाँ सहमति गर्नुलाई नेपालमाथि दुवै देशको हेपाहा प्रवृति भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?