काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको पहिलो दिनको दोस्रो खेलमा ललितपुर क्विन्स विजयी भएको छ ।
दोस्रो खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३ खेलको सोझो सेटमा पराजित गरेको हो । ललितपुरले मधेशलाई २५-१७, २५-१३ र २५-१९ को सेटमा पराजित गरेको हो ।
यसअघि आजै भएको पहिलो खेलमा कर्णाली यशविसले पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
अब दोस्रो दिन शनिबार लिगका तीन खेल हुदैछन् । जसमा पहिलो खेल ललितपुर क्विन्स र काठमाडौँ स्पाइकर्सबीच दिउसो १ बजेदेखि हुने छ भने दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभासबीच दिउसो ३ बजे हुने छ । त्यस्तै तेस्रो खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच ५ बजेदेखि हुने छ ।













