वैशाख १३ गते २०८३ --:--:--
मेनु

इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुग्यो

मेरो आर्थिक मेरो आर्थिक असाेज २१ गते २०८२ १:५७ PM
इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुग्यो

इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो ।सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको वडा सदस्य गुरुङले जानकारी दिए ।

योसँगै इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । एक जना बेपत्ता छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?