वैशाख १२ गते २०८३ --:--:--
मेनु

पोखरामा मौरी तथा मह मेला हुदै

मेरो आर्थिक मेरो आर्थिक मंसिर २४ गते २०८२ ९:५८ PM
पोखरामा मौरी तथा मह मेला हुदै

पोखरा । पोखरामा मौरी तथा मह मेला हुने भएको छ ।

पोखरा महानगरको आर्थिक विकास महाशाखा, पोखरा महानगरपालिका वार्ड नम्बर १६ तथा वडास्तरीय कृषि सञ्जाल–१६ को आयोजनामा मौरीपालन प्रवर्द्धन तथा स्थानीय महको प्रचार–प्रसारका लागि ‘मौरी तथा मह मेला–२०८२’  आयोजना हुन लागेको हो ।

कार्यक्रम मङ्सिर २६ गते शुक्रबार पोखराको महेन्द्र गुफामा हुन लागेको हो ।

महोत्सवमा एक उत्कृष्ट मौरीपालकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ भने मेलामा मह काढ्ने प्रतियोगिता कृषकस्तरमा वक्तृत्व प्रतियोगिता, मौरीपालन खुल्ला हाजिर–जवाफ, सरोकारवालाबीच कृषि सवाल–जवाफ, स्थानीय मह बिक्री, प्राविधिक प्रदर्शनी हुने आयोजकले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?