वैशाख १२ गते २०८३ --:--:--
मेनु

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक मंसिर २६ गते २०८२ ३:१८ PM
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकास्थित निस्दी ४ मित्यालमा जिप दुर्घटना हुँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको छ । 

पाल्पा प्रहरीका अनुसार पाल्पाको मित्यालदेखि नवलपुर जिल्लाको लागि छुटेको लु १ ज ३९०८ नम्बर को फोर्स जिप झन्डै ६ सय मिटर तला खोल्सामा खसेको हो ।

जीपमा रहेका पाँच जना घाइतेको उद्धार गरि रामपुर अस्पताल पठाइएको छ । घाइतेको स्थानिय र मित्याल प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार जारी राखेका छन । दुर्घटना भएको स्थल आग्लो भिर भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?