काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लिला बहादुर खनाल क्षेत्रीलाई जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक-एक जना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ ।













