फागुन १९ गते २०८२ --:--:--
मेनु

हत्या गरेको अभियोगमा पाँचथरबाट पक्राउ

मेरो आर्थिक मेरो आर्थिक मंसिर २९ गते २०८२ ३:०० PM
हत्या गरेको अभियोगमा पाँचथरबाट पक्राउ

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ खामेलक बस्ने ३६ वर्षीय प्रेमराज आङदेम्बेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ । 

वर्ण सिंहले आफ्नै घरको आँगानमा प्रेमराजलाई छुरी प्रहार हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?