काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । सोमबार नेप्से ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२९ कम्पनिका ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० मा कारोबार भएको थियो । आज होटल, लगानी, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिम स्टार उर्जाको शेयर ६.९५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढीएनगाडी ग्रुप पावरको १४ करोड २५ लाखको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाखको कारोबार भएको छ ।












