पौष २ गते २०८२ --:--:--
मेनु

खेल मैदान बनाउदा भ्रष्टाचार गरेका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्धा दायर

मेरो आर्थिक मेरो आर्थिक पौष २ गते २०८२ ८:०६ PM
खेल मैदान बनाउदा भ्रष्टाचार गरेका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसमेत ६ जनाविरुद्ध  भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारसँगको मिलोमतोमा कमसल सामाग्री प्रयोग गरि काम गर्दा १४ लाख ६६ हजार अनियमतिता गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब-इन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध काठमाडौँको विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?