पौष ६ गते २०८२ --:--:--
मेनु

हत्या गरेको अभियोगमा कास्कीबाट पक्राउ

मेरो आर्थिक मेरो आर्थिक पौष ४ गते २०८२ ५:०५ PM
हत्या गरेको अभियोगमा कास्कीबाट पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका-३१ बेगनासगाउँ बस्ने ७२ वर्षीया दाल कुमारी परियारको हत्या गरेको अभियोगमा उनकै नाती २१ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ । 

आशिषले कुटपिट गर्दा दाल कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सिआरभि अमरसिंहबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?