काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सोमबार राति भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए । सो अवसरमा उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिए ।













