फागुन २० गते २०८२ --:--:--
मेनु

चिसो बढ्दै गएपछि वीरगन्जका विद्यालयहरुमा थप दुई दिन बिदा

मेरो आर्थिक मेरो आर्थिक पौष १३ गते २०८२ ६:४३ AM
चिसो बढ्दै गएपछि वीरगन्जका विद्यालयहरुमा थप दुई दिन बिदा

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप २ दिनका लागि जाडो बिदा दिएको छ । चिसो बढ्दै गएपछि महानगरले विद्यालयहरूमा दुई दिन बिदा थपेको जानकारी दिएको छ । अब पुस १३ र १४ गते महानगरमा विद्यालय बन्द हुने भएका छन् ।

पुस १५ गते ल्होसार पर्वको सार्वजनिक बिदा परेकाले अब पुस १६ गतेदेखि मात्रै विद्यालयहरूमा पठनपाठन सुचारु हुने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

यसअघि महानगरले विद्यालयहरूमा पुस ७ देखि ९ गतेसम्म जाडो बिदा दिएको थियो । पुस १० गते क्रिसमस डेको सार्वजनिक बिदा थियो भने पुस ११ गते पनि वर्षे बिदाबाट सट्टा हुने गरी महानगरपालिकाले विद्यालयहरूमा पठनपाठन बन्द गरिएको थियो । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?