फागुन २० गते २०८२ --:--:--
मेनु

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्त

मेरो आर्थिक मेरो आर्थिक पौष २३ गते २०८२ १२:०८ PM
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्त

काठमाडौँ । धनगढी गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको छ ।

मंगलबार सहकुलपति तथा शिक्षामन्त्री महाविर पुनको अध्यक्षतामा बसेको सभा बैठकले उपकुलपतिमा प्राध्यापक डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा खेमराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उपकुलपतिका लागि २ जना र रजिष्ट्रारका लागि १० जनाको आवेदन परेको थियो । नियुक्तिका लागि सिफारिस समितिले उपकुलपतिमा सुनिलकुमार जोशीको नाम एकल सिफारिस गरेको थियो भने रजिष्ट्रारमा ३ जनाको नाम सिफारिस भएका थिए । उपकुलपतिका लागि तेस्रो पटक दरखास्त माग गरेपछि मात्र आवेदन परेको थियो । ती मध्ये पनि एक जनाको दरखास्त योग्यता नपुगेको भन्दै समितिले रद्ध गरेको थियो ।

गत असारमा विश्वविद्यालयको ऐन संसद्बाट पारित भएपछि सरकारले उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । विश्वविधालयको उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति जयराज अवस्थीको संयोजकत्वमा ३ सदस्यीय छनोट तथा सिफारिस समिति गठन गरिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?