वैशाख १२ गते २०८३ --:--:--
मेनु

डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

मेरो आर्थिक मेरो आर्थिक पौष ३० गते २०८२ ६:०५ AM
डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले डेढ बर्षअघि बेपत्ता भएको गणपति डिलक्स गाडीको अवशेष त्रिशुली किनारमा भेटिएको छ । 

बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो । बसको अवशेष पुस २७ गतेदेखि बालुवामा पुरिएको अवस्थामा भेटिएको थियो र यो गणपति डिलक्सको बेपत्ता गाडी रहेको पत्ता लागेको छ । 

प्रहरीले दुर्घटनाभएको भन्दै करिब ३०० मिटर तल बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको गाडी फेला परेको प्रहरीले जानकारी दिएको छ । 

स्थानीय रोशन भुजेलले भेटाएपछि प्रहरीलाई खबर गरेपछि पुस २७ गतेदेखि बस बालुवाबाट निकाल्न शुरु गरिएको थियो ।

२०८१ को असार २८ गते बिहान करिब ३ बजे दुवै बस सिमतालमा पहिरोले बगाएपछि बेपत्ता रहेका थिए । बसमा ६२ जना यात्रा रहेको र तीन जना मात्र बच्न सफल भएका थिए । फेला परेका चौबिस जनाका शवमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको थियो । बसमा रहेका ३५ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?