वैशाख ११ गते २०८३ --:--:--
मेनु

निर्वाचन आयोगमा सुरक्षा बढाइयो

मेरो आर्थिक मेरो आर्थिक माघ २ गते २०८२ ७:०२ PM
निर्वाचन आयोगमा सुरक्षा बढाइयो

काठमाडौँ । निर्वाचन आयोगमा सुरक्षा बढाइएको छ । नेपाली काँग्रेसको विवादका बीच आयोगले मूल गेट बन्द गरेर सिमित व्यक्तिहरुलाई मात्र प्रवेश दिइरहेको छ ।

आयोगले काँग्रेस बारे लिने निर्णयपछि हुनसक्ने सम्भावित प्रदर्शनप्रति सतर्क हुदै सुरक्षाव्यवस्था कडा बनाइएको छ ।

शुक्रबार मात्र काँग्रेसका देउवा पक्ष र गगन पक्षका नेता कार्यकर्ता आयोग पुगेर आआफ्नो पक्ष आयोग समक्ष राखेका छन् र आयोगलाई दुवै पक्षले छिटो निर्णय लिन आग्रह गरेका छन् । देउवा पक्षले पत्रकार सम्मेलन नै गरेर आयोगले अन्यथा निर्णय गरेमा आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?