वैशाख १२ गते २०८३ --:--:--
मेनु

रविको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

मेरो आर्थिक मेरो आर्थिक माघ ६ गते २०८२ ५:४८ PM
रविको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताले गरेको निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुलअजिज मुसलमानको एकल इजलासले निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको हो ।

आदेशमा भनिएको छ- ‘महान्यायाधिवक्ताले मिति २०८२ पुस ३० मा गरेको निर्णयसहितको सक्कल फाइल, जिल्ला सरकारी वकिल कार्यालयहरूबाट विभिन्न अभियोगको सम्बन्धमा रवि लामिछाने समेत उपर दायर भएको मुद्दाहरूमा अभियोग पत्र संशोधन हुने कारण देखिने कुनै थप प्रमाणहरू पेस भएको भए सो प्रमाणहरू समेतको सक्कल प्रति महान्यायाधिवक्ता कार्यालयमार्फत छलफल पेसीका दिन देखाई फिर्ता लैजाने गरी झिकाई सुनुवाइमा अग्राधिकारसहित प्राथमिकता दिई नियमानुसार पेस गर्नू ।

महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेसहितका अन्य प्रतिवादीहरूको हकमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिने निर्णय गरेकी थिइन् । साथै सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार समेत प्रदान गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?