माघ १५ गते २०८२ --:--:--
मेनु

जापान भ्रमणमा जादै राष्ट्रपति पौडेल

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०८२ ७:०७ PM
जापान भ्रमणमा जादै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जाने भएका छन् । नेपाल र जापानबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७०औं वर्षको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको टोली जापान जान लागेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको माघ १८ देखि २१ गतेसम्म हुने जापान भ्रमणलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिएका छन् ।

नेपाल र जापानबीच २०१३ भदौ १७ (१ सेप्टेम्बर १९५६) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?