माघ १८ गते २०८२ --:--:--
मेनु

साइबर व्युरो भएको भवन महानगरपालिकालाई दिन गृहको सहमति

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०८२ ८:४२ PM
साइबर व्युरो भएको भवन महानगरपालिकालाई दिन गृहको सहमति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौँ महानगरलाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ । 

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले कित्ता नम्बर ३५३, ३५४ र ३५५ को ४ आना, २ पैसा १ दाम भएको जग्गा र सो जग्गामा बनेको भवन महानगरपालिकालाई प्रयोग गर्न दिने गरी सहमति दिएको हो । यो जग्गा समरजंग कम्पनीको नाममा रहेको छ ।

यो भवनमा वडा कार्यालय राख्न महानगरपालिकाले माग गरेको थियो । सार्वजनिक र सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने कानुनी व्यवस्था छ । यस्ता जग्गाको उपभोग गर्न परे जुन निकाय मातहत छ उसैसँग समन्वय र सम्झौता गर्नु पर्ने व्यवस्था अनुसार गृह मन्त्रालयसँग महानगरपालिकाले सहमतिका लागि माग गरेको हो । 

निर्णयका बारेमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अन्तरसरकार समन्वय, सहकारिता र साझेदारिताको सफल अभ्यास गरिएको प्रतिक्रिया दिइन् । 

बैठकले, रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न महानगरपालिकाले सहमति प्रदान निर्णय भएको छ । यसरी सहमति प्रदान गरिएको जमिनमध्ये कम्तीमा ८ आना जमिनमा समरजंग कम्पनी कार्यालय र बाँकी जमिनमा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपभोग गर्ने गरी प्रक्रिया अगाडि बढाइने बैठकले निर्णय गरेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?