फागुन ४ गते २०८२ --:--:--
मेनु

अवैध लागूऔषधसहित झापा र सुर्खेतबाट दुई जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक फागुन ४ गते २०८२ ३:११ PM
अवैध लागूऔषधसहित झापा र सुर्खेतबाट दुई जना पक्राउ

काठमाडौँ । झापा र सुर्खेतमा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीका २३ वर्षीय मागु मियालाई ब्राउनसुगर जस्तो देखिने ३ सय ८० मिलिग्राम पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले उनको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो ।

यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुभाघाटबाट ६ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित गुर्भाकोट नगरपालिका–१२ निवासी ३० वर्षीय हेमराज मल्ललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मेहलकुनाबाट खटिएको टोलीले उनलाई शंकास्पद अवस्थामा जाँच गर्दा लागूऔषध बरामद गरेको बताइएको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?