काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हो । उनलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौं पुर्याइएको छ ।
यसअघि उनी माघ २३ गते काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका उनी हाजिरी जमानीमा छुटेका थिए ।
सोमबार प्रसाईलाई निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।












