फागुन ९ गते २०८२ --:--:--
मेनु

गौर झडप प्रकरणमा दुवै पक्षबीच यी ६ बुँदामा सहमति

मेरो आर्थिक मेरो आर्थिक फागुन ९ गते २०८२ ६:३६ AM
गौर झडप प्रकरणमा दुवै पक्षबीच यी ६ बुँदामा सहमति

रौतहट । रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच ६ बुँदे सहमति भएको छ । रौतहटको गौर नगरपालिका -६ सवगढाका गाउँवासीका बीचमा परम्परादेखि पूर्खाले कायम गरेको सामाजिक-धार्मिक सद्भावको मूल्य मान्यता र  ६ गते भएको सर्वपक्षीय सहमतिको अक्षरश पालना गर्दै सार्वजनिक शान्ति कायम राख्न सहमति भएको छ ।

धार्मिक-सामाजिक-सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्नु पूर्व आपसी संवाद तथा छलफल गरी सौहार्दता कायम गर्दै गाउँको धार्मिक सामाजिक क्रियाकलाप सञ्चालन गर्ने सहमति भएको छ ।  

गाउँवासीका प्रतिनिधि समाजसेवीबीच भएको ६ बुँदे सहमति: 

१- गाउँको धार्मिक सामाजिक सद्भाव विथोल्न खोज्ने पक्षका विषयमा विस्तृत छलफल गरियो । सद्भाव विथोल्ने कुनैपनि दुष्प्रयासप्रति हामी सवैले सामुहिकरुपमा खेद व्यक्त गर्दछौं ।

२- गाउँमा वयस्क मात्र छैनन्, महिला, वालवालिका, जेष्ठ नागरिक, बुवा आमा, युवा, विद्यार्थी तथा गर्भवती- सुत्केरी, विरामी वा दिर्घरोगी र अपांगता भएका व्यक्तिहरु पनि छन भन्ने विषयलाई मनन गरी सबैको हितमा हुने गरी धार्मिक-सामाजिक-सांस्कृतिक कृयाकलाप सञ्चालन गर्नुपूर्व आपसी सम्वाद तथा छलफल गरी सौहार्दता कायम गर्दै गाउँको धार्मिक सामाजिक कृयाकलाप सञ्चालन गर्ने सहमति गरियो ।

३- रौतहटको गौर नगरपालिका वडा नं. ६ सवगढाका गाउँवासीका वीचमा परम्परादेखि हाम्रा पूर्खाले कायम गरेको सामाजिक-धार्मिक सद्भावको मूल्य मान्यता र मिति २०८१ चैत्र ६ गते भएको सर्वपक्षिय सहमतिको अक्षरश पालना गर्दै सार्वजनिक शान्तिलाई यथावतै कायम राख्न सबैले आ- आफ्नो तर्फबाट प्रयत्न गर्ने सहमति कायम गरियो ।

४- गाउँमा विवाहको वा अन्य चाडपर्व तथा रमजानको समय रहेको हुँदा एक समुदायले अर्को समुदायको चाडपर्व वा संस्कृतिको सम्मान गर्ने र सहयोग गर्ने । यस विषयमा कसैले अवरोध गरेमा वा धार्मिक सामाजिक सद्भाव विथोल्ने कार्य गरेमा वा गर्ने प्रयास गरेमा प्रहरी प्रशासनलाई सूचना दिइ त्यस्तो कार्य गर्नेलाइ कानूनी दायरामा ल्याउन गाउँवासीले सहयोग गर्ने ।

५- सामाजिक सद्भाव विथोल्ने प्रयास गर्ने र कानूनको उलंघन गर्ने वा त्यस्तो गर्न उक्साउने जो कोहिलाई पनि कानूनको दायरामा ल्याइ कारवाहि गर्न प्रशासनलाई सहयोग गर्ने ।

६- मिति २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई अनुकुल वातावरण तयार गर्न प्रतिवद्धता गर्दै हाल देखापरेको समस्या आजैको मितिदेखि अन्त्य गर्न सर्वसम्मतिले निर्णय गरियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?