फागुन १९ गते २०८२ --:--:--
मेनु

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

मेरो आर्थिक मेरो आर्थिक फागुन १९ गते २०८२ ४:१९ PM
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले प्रसाईंलाई थुनामा राख्नुको कारण सोधेको हो ।

प्रसाईले अधिवक्ता सुरेश बोहरामार्फत् बन्दीप्रत्यक्षीकरणको रिट दायर गराएका थिए । प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

यसअघि निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनी फागुन ४ गते पक्राउ परेका थिए । फागुन १२ गते सर्वोच्चको आदेशपछि उनी रिहा भएका थिए । रिहाइ भएको एक हप्ता नबित्दै प्रसाईंलाई फागुन १७ गते प्रहरीले फेरि नियन्त्रणमा लिएको हो । निर्वाचनको समय नजिक भइरहेको बेला प्रसाईले भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?