जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा-१ का प्रतिनिधिसभा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरेको हो ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ ।












