काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच क्रिस्टियानो रोनाल्डो निजी विमानबाट साउदी अरब छोडेर स्पेनको म्याड्रिड पुगेका छन् ।
रियादमा रहेको अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण भएपछि सुरक्षा चिन्ता बढ्दै जाँदा उनले साउदी अरब छोडेका हुन् ।
रोनाल्डो हाल साउदी क्लब अल नासरबाट साउदी प्रो लिग खेल्दै आएका छन् । उडान विवरणअनुसार उनको निजी बम्बार्डियर ग्लोबल एक्सप्रेस विमान रियादबाट उडेर मध्यरातअघि म्याड्रिड पुगेको थियो ।
क्षेत्रीय अस्थिरताका कारण धेरै विदेशी नागरिक मध्यपूर्व छोड्ने तयारीमा छन् । बढ्दो हिंसाका कारण एएफसीले पश्चिम क्षेत्रका खेलहरू स्थगित गरेपछि रोनाल्डो पनि परिवारसहित सुरक्षित स्थानतर्फ गएका हुन सक्ने अनुमान गरिएको छ ।













